images
images

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट निम्तिन सक्ने, एनआरएनएले गर्यो सहयोगका लागि अपिल

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट निम्तिन सक्ने, एनआरएनएले गर्यो सहयोगका लागि अपिल

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट निम्तिन सक्ने, एनआरएनएले गर्यो सहयोगका लागि अपिल

    काठमाडौँ / गत कार्तिक १७ गते शुक्रबार राती जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको  भूकम्पपछि स्वास्थ्य संकट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यानदिनुपर्ने देखिएको छ ।गैरआवासीय नेपाली संघको तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको संघको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके  स्वास्थ्य संकट चुलिनसक्नेतर्फ ध्यानाकर्षण गराएको हो ।  

    images
    images

    संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधवार आयोजना गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका संघका अभियन्ताहरूले बोल्दै करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएको  र महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएका थिए । 

    कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले राहत विस्तारै पुगे पनि चिसोको  समयमा खुल्ला आकाशमा रात बिताउनु पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाहरूको स्वास्थ्य जोखिम बढ्ने देखिएको बताए । 

    उनले भने, “पिउने पानीको समस्या छ । भूकम्पको कारणले मानसिक त्रास छ । गाउँमा सामूहिक दाहसंस्कार गरिएको छ। घर–घरमा क्रियापुत्री छन् । एउटै घरमा विरामी छन् त्यही घरमा मान्छेहरु दुःखमा छन्। त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न सकिन्न ।” 

    अध्यक्ष  डा. केसीले हाल त्यहाँ पुगेकोे राहतका सामग्रीहरू पर्याप्त नरहेको बताउँदै राहत सामग्री व्यवस्थित ढंगले पुर्याउनुपर्नेमा स्थानीय सरकार तथा दाताहरूसमेतले ध्यान दिनुपर्नेमा जोड दिए । 

    उनले भने, “पीडितको आवश्यकता धेरै छ तर राहत कम पुगेको छ ।” उनले विदेशमा रहेका नेपालीहरूको सानो सहयोगले ठूलो राहत मिल्ले भन्दै सहयोगको लागि विश्वभर छरिएका नेपालीहरूलाई अपिल गरे ।

    कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले देशमा दुःख परेका बेला विदेशमा रहेका नेपालीहरू एक जुट हुने बेला आएको बताउँदै यथासक्य सहयोगका लागि अनुरोध गरे ।

    कार्यक्रममा संघका महासचिव गौरीराज जोशीले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी समस्याहरू आउन सक्ने भन्दै स्वास्थ्य समितिलाई कार्ययोजना बनाउन आग्रह गरे । उनले प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघले आफ्नो सक्रियता बढाईरहेको र आगामी दिनमा अल्पकालिन तथा दीर्घकालीन योजनासहित सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    संघका उपाध्यक्ष राज रेग्मीले राहत वितरणमा स्थानीय निकायसँगको समन्वय आवश्यक रहेको बताए । उनले भूकम्पबाट घाइते भएकाहरुको औषधि उपचार पहिलो प्रथामिकता रहेको उल्लेख गरे । 

    कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधानले भूकम्प प्रभावित क्षेत्रका महिला स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका चिकित्सक भूपेन्द्र मल्लले भूकम्पका कारणले मानिसहरुको स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन समस्या आउन सक्ने खतरा रहेको बताए । 

    उनले बालबालिका, महिला, वृद्धवृद्धाहरुले समयमै औषधि उपचार नपाउने अवस्था रहेको र अहिले गाउँ गाउँमा झाडाबान्ताको महामारी फैलिने जोखिम रहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर संचालन गर्न तयारी भइरहेको बताए ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघका कोषाध्यक्ष सुदन थापाले संघले विश्वभरबाट संकलन भएको आर्थिक सहयोगको बारेमा जानकारी दिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेन्द्रकुमार राउतले संघको सम्पूर्ण बैंक खाता सञ्चालनमा रहेको जानकारी दिँदै गैरआवासीय नेपालीहरूको सहयोग आउनेक्रम जारी रहेको जानकारी दिए । 

    यसअघि गैरआवासीय नेपाली संघ १ करोड रुपैयाँको राहत कोष स्थापना गरी प्रभावित क्षेत्रमा खटिएको थियो । त्यसपूर्व संघले सरकारी राहत कोषमा रु १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार