काठमाडौँ / नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको कात्तिक १५ गते बसेको बैठकले ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २२.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न नर्भिक इन्टरनेशनल हस्पिटलले मंसिर ८ गते बि।एल।सी। सभा कक्ष थापाथलीमा बिहान साढे १२ बजे वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।