images
images

भुकम्प पीडितलाई महासङ्घद्वारा राहत सामग्री हस्तान्तरण

भुकम्प पीडितलाई महासङ्घद्वारा राहत सामग्री हस्तान्तरण

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • भुकम्प पीडितलाई महासङ्घद्वारा राहत सामग्री हस्तान्तरण


    काठमाडौँ / शुक्रवार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पीडित जनताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले राहत सामग्री हस्तान्तरण गरेको छ । निरन्तर राहत सामाग्री पठाएको महासङ्घले हालसम्म करिब २२ लाख रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरिसकेको जनाएको छ । 

    महासंघ कर्णाली च्याप्टरमार्फत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि कर्णाली च्याप्टरमार्फत नै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो । 

    महासङ्घले काठमाडौँमा गृहमन्त्रालयको विपत व्यवस्थापन समितिमार्फत कार्तिक २२ गते तेस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ । महासङ्घले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरी अन्य संघसंस्था मार्पmत संकलित राहत सामाग्रीलाई महासङ्घले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ । 

    महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य सङ्घहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक सङ्घ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ भने सहयोग आउने क्रम जारी नै रहेको बताएको छ । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधैँ अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार