images
images

असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकको मुनाफा १० करोड ३० लाख रुपैयाँ, किन घट्यो नाफा ?

असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकको मुनाफा १० करोड ३० लाख रुपैयाँ, किन घट्यो नाफा ?

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकको मुनाफा १० करोड ३० लाख रुपैयाँ, किन घट्यो नाफा ?

    काठमाडौँ / लक्ष्मी सनराइज बैंकले चालू आर्थिक बर्षको पहिलो तीन महिनामा १० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको यस्तो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ७९.५३ प्रतिशतले कम हो । बैंकले गत बर्ष पहिलो त्रैमासिकमा ५० करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड १० लाख रुपैयाँ रहेको छ । गत बर्ष यो रकम १ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको थियो । जसअनुसार वितरणयोग्य मुनाफा प्रतिशेयर ६.०३ प्रतिशतबाट घटेर ४.९० प्रतिशतमा कायम भएको छ । 

    त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८९.५५ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा बैंकले १ अर्ब ५१ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा यस्तो रकम वृद्धि गरी २ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ पुगेको हो । 

    यता बैंकको खुद सञ्चालन आम्दानी भने घटेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ यस्तो आम्दानी गरेकोमा समीक्षा अवधिमा १ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ मात्रै यस्तो आम्दानी गरेको छ । जुन गत आवको तुलनामा २.१३ प्रतिशतले कम हो । 

    त्यस्तै, बैंकको सञ्चालन मुनाफामा उच्च गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७९.७२ प्रतिशतले घटेर १४ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ । 

    सञ्चालन मुनाफामा गिरावट, खराब कर्जा र इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको नाफामा उच्च गिरावट आएको देखिन्छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १७२.६७ प्रतिशतले बृद्धि भएको छ । गत आव पहिलो त्रैमासमा १.७२ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.६९ प्रतिशत पुगेको हो । 

    त्यस्तै, खराब कर्जा बढेसँगै बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब १४ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएएको छ । गत बर्ष सोही अवधिमा भने बैंकले यस्तो रकम ४३ करोड ९४ लाख रुपैयाँ मात्रै छुट्याएको थियो । 

    समीक्षा अवधिमा लक्ष्मी सनराइजको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५३ पैसाले घटेर १ रुपैयाँ ९० पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा रहेको थियो । 
    त्यस्तै यस अवधिमा प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३० पैसा, बेस रेट १०.८० प्रतिशत, सिडी रेसियो ८३.४५ प्रतिशत र कस्ट अफ फण्ड ८.२५ प्रतिशत रहेको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार