images
images

खराब कर्जामा उच्च वृद्धि हुँदा ८८ करोड बढीले नोक्सानीमा कृषि विकास बैंक

खराब कर्जामा उच्च वृद्धि हुँदा ८८ करोड बढीले नोक्सानीमा कृषि विकास बैंक

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • खराब कर्जामा उच्च वृद्धि हुँदा ८८ करोड बढीले नोक्सानीमा कृषि विकास बैंक

    काठमाडौँ / कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक बर्ष २०८०/०८१ को पहिलो त्रैमासिकमा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आवको सोही अवधिमा २२ करोड  ९ लाख रुपैयाँ नाफामा रहेको बैंक समीक्षा अवधिमा भने घाटामा देखिएको हो । 

    images
    images

    चालू आवको पहिलो तीन महिनामा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा प्रतिशेयर १२ रुपैयाँ ९३ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १२.१८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्ष १ अर्ब ८३ करोड रुपैयाँमा सीमित रहेको यस्तो आम्दानी समीक्षा अवधिमा भने वृद्धि गरी २ अर्ब ६ करोड रुपैयाँ पुर्याएको हो ।

    खुद ब्याज आम्दानी वृद्धि भए पनि बैंकले असोज मसान्तसम्म ९० करोड ८३ लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ। गत आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा २४ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

    खराब कर्जासँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७८ करोड ४८ लाख रुपैयाँ थियो। इम्पेयरमेन्ट चार्जमा उच्च वृद्धि हुँदा बैंकको नाफामा गिरावट आएको देखिन्छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ८८ करोड रहेको भने जगेडा कोषमा १३ अर्ब ९२ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ४३ करोड ४७ लाख रुपैयाँ कायम रहेको छ । 

    असोज मसान्तसम्ममा बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

    चालू आवको पहिलो तीन महिनामा बैंकको खराब कर्जा १२३.९ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा २.३८ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ५.३३ प्रतिशत पुगेको छ । 

    नोक्सानमा गएसँगै बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८३ पैसा ऋणात्मक रहेको छ । कस्ट अफ फण्ड ८.२० प्रतिशत, सिडी रेसियो ८.२० प्रतिशत, बेस रेट ८०.४३ प्रतिशत, तरलता अनुपात ३०.७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ १७ पैसा रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार