images
images

भाइटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार

भाइटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • भाइटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार

    काठमाडौँ / एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजु-बहिनी, दिदी-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ । 

    images
    images

    यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन् । 

    यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी-भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ । 

    भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्त्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ ।

    उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरूले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् । 

    सो प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैयाँ नगद र तेश्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

    “हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ । अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

    प्राप्त सबै भिडियोहरूमध्ये छानिएका भिडियोहरू भाइटिकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरूमार्फत सार्वजनिक गरिनेछ ।

    निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरूको समीक्षा र मूल्याङ्कन गर्नेछ । यस प्रतियोगिताका विजेताहरू कार्तिक २९ गते भाइटिकाको दिन घोषणा गरिनेछ । 

    सहभागी हुन ईच्छुकहरूको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडियो बुझाउने मिति कार्तिक २३ गतेसम्म थप गरिएको छ । थप जानकारी तथा सर्तहरूका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिन्छ । 

    एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार