images
images

जाजरकोट भूकम्प : राष्ट्रपतिको युरोप भ्रमण स्थगित

जाजरकोट भूकम्प : राष्ट्रपतिको युरोप भ्रमण स्थगित

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • जाजरकोट भूकम्प : राष्ट्रपतिको युरोप भ्रमण स्थगित

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पका कारण मुलुकको वर्तमान अवस्था असहज नभएको भन्दै राष्ट्रपतिको युरोप भ्रमण स्थगित गरिएको हो । 

    images
    images

    भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको चालिसेले बताए । राष्ट्रिपति पौडेल २२ कात्तिकमा फ्रान्स र त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । 

    गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण कार्य तालिका स्वीकृत गरेको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

    तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु  र सय भन्दा धेरै घाइते भएएका थिए । भूकम्पपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न दबाब परेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार