images
images

चेम्बर अफ कमर्सद्वारा भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्ने घोषणा

चेम्बर अफ कमर्सद्वारा भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्ने घोषणा

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • चेम्बर अफ कमर्सद्वारा भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्ने घोषणा

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ । 

    images
    images

    चेम्बरको विपद् व्यवस्थापन कोष अन्तरगत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । चेम्बरले आवश्यक सम्पुर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारले सञ्चालनमा ल्याएको एकद्वार प्रणालीमा सहयोग गन पनि बताएको छ ।

    भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका पीडितलाई ती सामग्री वितरण गरिने छ ।सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामग्री वितरण गरिने अध्यक्ष मल्लको भनाइ छ ।

    जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदना प्रकट गरेको छ । 
    यसैगरी चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुनरस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई पनि आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार