images
images

पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा मन्त्रालयले पठायो विशेषज्ञ टोली

पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा मन्त्रालयले पठायो विशेषज्ञ टोली

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा मन्त्रालयले पठायो विशेषज्ञ टोली

    काठमाडौं /  संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ ।
    भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो ।

    images
    images

    मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।

    उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटिने छ । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ  ।

    शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट पशुपन्छीसमेत प्रभावित भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए ।

    गएराति भूकम्प गए लगत्तै शनिबार विहानदेखि मन्त्री भुसालले पशु सेवा विभागलाई प्रभावित क्षेत्रमा पशुपन्छीको वस्तुस्थिति बुझ्नका लागि निर्देशन दिएका हुन् । विभागले शनिबार विहानैदेखि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतसँग समन्वय गर्दै आएको थियो । 

    पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण संकलन गर्न निर्देशन दिएको थियो ।

    पशु स्वास्थ्य पनि संवेदनशिल रहेको भन्दै मन्त्रालयले पशुको उपचारका लागि आवश्यक चाहिने आवश्यक सामग्री तयारी अवस्थामा रहेको र प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ ।

    प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गर्ने छ ।

    कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले केन्द्रीय मन्त्रालयमा जाजरकोटमा भूकम्पबाट गाई, भैसी, बाख्रा गरी २७ पशुको क्षति भएको विवरण पठाएको छ । अरु विवरण संकलन भइरहेको कर्णाली प्रदेश मन्त्रायलले जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार