काठमाडौं/ शुक्रबार राति गएको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा ठूलो मानबिय क्षति पुर्याएको छ । दुवैस्थानमा गरी अहिलेसम्म करिब १२८ जनाको मृत्यू भएको छ । अधिकांश घरहरु पूर्णरुपमा क्षति भएका छन् ।
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
तस्वीर श्रोत: सामाजिक सञ्जाल तथा विभिन्न एजेन्सीहरु