images
images

चलचित्र दिमाग खराबको टिमलाई प्रश्नः कसरी दिमाग खराब हुन्छ ?

चलचित्र दिमाग खराबको टिमलाई प्रश्नः कसरी दिमाग खराब हुन्छ ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • चलचित्र दिमाग खराबको टिमलाई प्रश्नः कसरी दिमाग खराब हुन्छ ?

    काठमाडौँ / चलचित्र दिमाग खराब कात्तिक २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ । प्रदर्शनअघिको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्र उत्कृष्ट बनेको बताएको छ ।

    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक आकाश बरालले कथावस्तु राम्रो रहेको र त्यसमा निर्देशक निश्चल बस्नेतले झनै आफ्नो कला थपेर युनिक फिल्म बनाएको बताए । उनले दर्शकले फिल्मका विषयवस्तु युनिक पाउने दाबी गरे ।

    उनले भने,’यसमा दिमाग खराब भनेको निश्चल दाइको आफ्नो प्रश्तुती हो । जो उहाँले सिनेमामा दिनुभएको छ । विदेश जाने कुरा होस् वा अरु होस् फिल्ममा युनिक छ । युनिक रुपमा फिल्मलाई प्रश्तुत गरिएको छ । फिल्मका विषयवस्तु युनिक पाउनु हुनेछ ।’

    त्यस्तै अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्मको कथा तयार पार्न मात्रै करिव एक वर्षको समय लागेको बताए । उनले फिल्म एक किसिमको बन्छ भन्ने नलागेसम्म फिल्मको स्क्रिप्ट नै तयार पारिरहेको बताएका हुन् । फिल्मको कथा रोमाञ्चक रहेको उनको दाबी छ ।

    उनले,’यो फिल्मको स्क्रिप्ट तयार गर्न नै लगभग एक वर्ष लाग्यो । हामी सोच्नलाई कहिल्यै हिच्किचाएनौँ । फिल्म एक किसिमको बन्छ भन्ने नलागेसम्म हामी फिल्मको स्क्रिप्ट नै बनाइरह्यौँ । कथा इन्ट्रेस्टिङ भएको छ । फिल्मले राम्रो फल दिने आशा छ ।’

    पत्रकार सम्मेलनमा अभिनेता एवं निर्देशक खगेन्द्र लामिछानेले आफू मुख्य भुमिकामा रहेर करिव ५ वर्षको अन्तरालमा फिल्म आउँदा खुशी लागेको बताए । उनले सिनेमाको कथावस्तु राम्रो रहेको बताएका हुन् ।

    उनले भने,’यो फिल्म मेरो लामो समयपछिको ग्यापमा आएको हो । फिल्म आइरहेको छैन । बीचमा आफैँ निर्देशक भएर काम गरेँ । समय नै त्यस्तै थियो । २०१८ पछि लिड रोल गरेको यो फिल्म नै हो । सिनेमामा धेरै आनन्दले काम गरियो । कथा राम्रो छ । सिनेमा राम्रो छ भन्ने निश्चल भएपछि ढुक्क हुन्छु । निश्चिललाई कस्तो छ सिनेमा बन्यो ? भनेर सोध्दा उसको अनुहार उज्यालो हुन्छ । त्यसैले पनि सिनेमा राम्रो छ ।’

    उनले फिल्मले राम्रो शो पाउनेमा आशावादी रहेको बताए । चलचित्र कात्तिक २४ बाट सार्वजनिक प्रदर्शन हुँदैछ । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

    आकाश बरालको लेखन र सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार