images
images

नेरुडे र मिर्मिरे लघुवित्तले मर्जरमा जान राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृती

नेरुडे र मिर्मिरे लघुवित्तले मर्जरमा जान राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृती

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • नेरुडे र मिर्मिरे लघुवित्तले मर्जरमा जान राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृती
    images
    images

    काठमाडौं / नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएका छन् । कात्तिक ३ गतेको पत्र मार्फत नेपाल राष्ट्रबैंकले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृती प्रदान गरेको हो । 

    यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो । यी दुवै कम्पनी बिच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ । अव आवश्यक प्रक्रिया पुरा गरेर एकिकृत कारोबार शुरु गर्नेछन् । 

    यी दुवै कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’  रहनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार