images
images

कुमारी बैंकको ऋणपत्रमा मागअनुसार आवेदन नपरेपछि थपियो समय, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

कुमारी बैंकको ऋणपत्रमा मागअनुसार आवेदन नपरेपछि थपियो समय, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • कुमारी बैंकको ऋणपत्रमा मागअनुसार आवेदन नपरेपछि थपियो समय, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / ऋणपत्रमा मागअनुसार आवेदन नपरेपछि कुमारी बैंकले समय थप गरेको छ । अब ऋणपत्रमा कात्तिक १६ सम्म आवेदन दिन सकिनेछ ।

    images
    images

    बैंकले कात्तिक २ देखि ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गरिएको छ । जसमा ३० लाख इकाई बैंकले विभिन्न संघ–संस्थालाई बिक्री गर्नेछ ।

    बाँकी २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो । एक लाख इकाई सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पाइन्छ ।

    ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिन्छ । सी(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार