काठमाडौँ / नेपाल सरकारको परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता बनेका विपिन जोशीको सुरक्षाको लागि आग्रह गरेको छ । आज विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले इजरायलमा चरमपन्थी समूह हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको हो ।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला भएको दिनदेखि बेपत्ता बनेका जोशीको अवस्था अझै अज्ञात छ। परराष्ट्र मन्त्रालयले गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ ।