images
images

धादिङ केन्द्रविन्दु भएर लगातार परकम्प, २० वटा भन्दा बढी घर भत्किए

धादिङ केन्द्रविन्दु भएर लगातार परकम्प, २० वटा भन्दा बढी घर भत्किए

आइतवार, कार्तिक ५ २०८०
आइतवार, कार्तिक ५ २०८०
  • धादिङ केन्द्रविन्दु भएर लगातार परकम्प, २० वटा भन्दा बढी घर भत्किए

    काठमाडौँ / आइतबार बिहान  ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएपश्चात् धादिङ केन्द्रविन्दु भएर लगातार परकम्पहरू गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गए पश्चात लगातार स-साना परकम्पहरू गइरहेका हुन् ।

    images
    images

    त्यसपछि आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

    ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको केन्द्रले जनाएको छ । भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका(५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । 

    तस्बिर : सामाजिक सञ्जाल

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार