images
images

हस्तकला महासंघले हस्तकला ब्यापार मेला तथा प्रतियोगिता सञ्चालन गर्ने, केके छन् आकर्षण ?

हस्तकला महासंघले हस्तकला ब्यापार मेला तथा प्रतियोगिता सञ्चालन गर्ने, केके छन् आकर्षण ?

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • हस्तकला महासंघले हस्तकला ब्यापार मेला तथा प्रतियोगिता सञ्चालन गर्ने, केके छन् आकर्षण ?
    images
    images

    नेपाल हस्तकला महासंघले २०औँ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघले आफ्नो वार्षिक कार्यक्रमको रूपमा विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा सो कार्यक्रम गर्ने भएको हो ।

    मंसिर ७ देखि ११ गतेसम्म सम्म होटेल डेल अन्नपूर्ण, दरबारमार्ग, काठमाडौँमा हुने सो कार्यक्रमलाई काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेशनल बिजनेस इन्सेन्टिभ, महिला उद्यमी महासंघ, InElam Helvetas, Tourist Bus Association of Nepal लगायतले सहयोग गरेका छन् । 

    उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहना अनुरूप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । 

    मेलाको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्रीबाट सुसम्पन्न गराउने कार्यक्रम रहेको छ भने मेला अवलोकनका लागि मन्त्रीहरू, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिका नियोगका अधिकारीहरूलगायत राष्ट्रिय जीवनको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नु हुने विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिने महासङ्घले जनाएको छ । 

    मेला सञ्चालनमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको विभिन्न छाता संगठनहरू र अन्य व्यापारिक क्षेत्रका संघ संस्था र कम्पनीहरूको पनि सहयोग रहने बताइएको छ । 

    मेलामा हस्तकलाका वस्तुहरूको करिब १५० वटा स्टलहरू रहने छन् । मेलामा रहने स्टलहरू मध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ ।

    मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, चीन, पाकिस्तान, बंगलादेश आदि देशका व्यापारीहरूको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरू समेतको सहभागिता रहने छ । 

    मेलामा विभिन्न स्टलमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा राखिने छन् । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निशुल्क स्टल प्रदान गरिने छ ।

    उक्त मेलाको प्रमुख आर्कषणको रूपमा रहेको १८औं संस्करणको हस्तकला प्रतियोगिता(जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी)  अन्तर्गत (क) परम्परागत विधा तर्फ “पौभा” र ख) समसामयिक विधा तर्फ ‘छ्वाली कला’मा प्रत्यक्ष रूपमा जीवन्त प्रदर्शनी गरी १८आँै हस्तकला प्रतियोगिता संचालन गरिने कार्यक्रम रहेको छ । 

    सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने छ । साथै यस प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरूलाई नगद पुरस्कार प्रथमः ५० हजार रुपैयाँ, द्वितीयः ३० हजार रुपैयाँ, तृतीयः २० हजार रुपैयाँ तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरूलाई प्रमाण पत्र प्रदान गरिने छ । 

    साथै मेलाको अवसरमा आर्थिक वर्ष २०७९/८०को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु-याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ । यसै गरि महासंघका एक उत्कृष्ट उद्यमी र एक उत्कृष्ट कलाकारलाई पनि मेलाको अवसरमा सम्मान प्रदान गरिने छ । 

     यसै सन्दर्भमा मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठकलाकारलाई सम्मान गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरूलाई सगुन दिई चाँदीको फ्रेम सहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
    मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गराउने र कलाकारहरूको व्यापार ब्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट 'कला प्रदर्शनी २०८०' आयोजना गरिने भएको छ । 

    उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरू प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरू एवं आगन्तुक महानुभावहरू बीचमा परिचित गराउने उद्देश्य लिएको छ भने सो  प्रदर्शनीमा राख्ने कलाकृतिहरूको प्रचार प्रसार गर्न कलाकारहरूको विवरण सहितको पुस्तिका पनि सो समितिबाट प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

    मेलाको उद्देश्यहरू 

    1. नेपाली हस्तकला वस्तुहरूको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्ने ।
    2. नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यबसायिक सम्बन्ध बिकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारिकरणमा सहयोग पु¥याउने ।
    3. नवोदित उद्यमी ब्यबसायीलाई बजार पहुँचको अवसर प्रदान गर्ने ।
    4. हस्तकला र नेपाली संस्कृति बीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने ।
    5. विदेशी क्रेताहरूलाई हस्तकला वस्तुहरू एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने ।
    6. आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनिकरण गर्न सहयोग पु-याउने ।
    7. नेपालमा एउटै मितिमा (calendar event)को रूपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश विदेशी क्रेता र स्वदेशी खरिदकर्ताहरूमा प्रवाह गर्ने । 

    मेलाका आकर्षणहरू 

    • एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत प्रदर्शनी तथा बिक्री
    • १८औं हस्तकला प्रतियोगिता
    • उत्कृष्ट स्टल प्रतियोगिता
    • मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरूप वस्तुहरूको प्रदर्शन
    • परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी 
    • अर्मूत साँस्कृतिक सम्पदा (ICH) को उजागर
    • जेष्ठ वरिष्ठ कलाकारहरूलाई सम्मान 
    • कला प्रदर्शनी २०८०
    • अग्रणी निर्यातकर्ताहरूलाई सम्मान 
    • Trend Display 2024-25

    मेलाबाट हुने उपलब्धिहरू  

    अन्तरराष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी ब्यबसायीले बिदेशी आयातकर्ताहरूसंग ब्यवसायिक सम्बन्ध स्थापित गर्न सक्ने अबसर प्राप्त गर्न सक्नेछन्

     
    प्रत्येक वर्ष ब्यापार मेलाको आयोजना हुँदा उत्पादकहरूले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्न प्रेरित हुने छन् । 

    हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान हुने छ ।

    स्वदेशमै आजका यूवा पिँडीहरूलाई रोजगारी प्रदान गर्न सकिने ।

    विदेशमा चलिरहेको रङ्ग सम्योजन (Color combination), डिजाईन, वस्तु विकास, प्रविधि आदि बारेमा नेपाली उद्यमी, व्यवसायी र कलाकारहरूले जानकारी प्राप्त गर्न सक्ने छन् । 

    हस्तकला मुलुकको प्रमुख निर्यातमूलक उद्योगको रूपमा रहेको छ । हाल नेपाली हस्तकलाका वस्तुहरू करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशहरूमा निकासी भई रहेका छन् । 

    सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई बार्षिक २४ अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिंदै आएको छ । 

    त्यसैगरी हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् । देशको व्यापार घाटा कम गर्न र आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनिकरण गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको बिकास, बिस्तार र प्रबद्र्धनमा नेपाल सरकारले जोड दिनु पर्ने जरूरी देखिएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार यो उद्योग ब्यबसायबाट नेपाली यूवा पिढीलाई स्वरोजगार हुने प्रसस्त अबसर रहेको छ । स्वदेशमै रोजगारीको अवसर बढाई श्रम शक्तिलाई बाहिरी मुलुकमा रोजगारीको लागि जान निरूत्साहित गर्न सक्ने उद्योग ब्यबसायको रूपमा हस्तकला उद्योग व्यवसायलाई बिकास गर्न सकिने अवसर रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार