images
images

एनआरएनएको ११औँ महाधिवेशन स्थगित गर्न दीपेश खत्रीको माग, बताए यस्तो कारण

एनआरएनएको ११औँ महाधिवेशन स्थगित गर्न दीपेश खत्रीको माग, बताए यस्तो कारण

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • एनआरएनएको ११औँ महाधिवेशन स्थगित गर्न दीपेश खत्रीको माग, बताए यस्तो कारण

    काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य दिपेश खत्रीले एनआरएनएको जारी महाधिवेशन र निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन् । 

    images
    images

    आज (बुधबार) काठमाडौँमा  पत्रकार सम्मेलन गर्दै उनले कुन एनआरएनए वैधानिक हो भन्ने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिलेको निर्वाचन रोकिनुपर्ने बताएका हुन् । 

    अहिले दुईवटा एनआरएनए रहेको र त्यसका विरुद्ध अदालतमा मुद्दा रहेको बताउँदै उनले यसलाई रोक्न माग गरेका छन् । 
    साथै, परराष्ट्र मन्त्रालयले पनि यस विषयलाई गम्भीरताको साथ लिएर निर्वाचन रोक्नुपर्ने उनको माग छ । एनआरएनएको अहिलेको महाधिवेशनमा उम्मेदवार बनेकाहरुले हामी मिलिसक्यौं, विवाद छैन भनेर प्रधानमन्त्रीलाईसमेत ढाँटेको उनको आरोप छ । 
    ‘परराष्ट्र मन्त्रालयले यो चुनाव रोक्दिओस् । किनकी यहाँ बीचमा धेरै चिज गलत भएको रहेछ । दुईवटा एनआरएन हुनहुँदैन  भनेर प्रधानमन्त्रीले चार महिनाअघि नै भन्नुभएको  रहेछ । त्यो भएन,’– उनले भने । 

    हिजोमात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर एनआरएनएको विवादबारे बताउँदा प्रचण्ड झस्किएको उनले सुनाए । आफूले प्रधानमन्त्री प्रचण्डलाई अदालतमा रहेको विवादका सन्दर्भमा कागजात दिएपछि एनआरएनएको समापन कार्यक्रममा जाने कि नजाने विचार गर्ने बताएको उनको भनाई छ । 

    अहिलेका एनआरएनएका पदाधिकारीले दुई वर्षमा एकपटक नेपाल आउने र कुनै ठाउँमा केही दान दिने काममात्रै गरेको उनको आरोप छ । विदेशमा रहेकाहरुले पनि तपाईँ कुन एनआरएनए समूहको हो भनेर सोध्ने वातावरण बनेको उनले बताए । अहिलेको निर्वाचन कुनै पनि हालतमा रोकिनुपर्ने उनले बताए । एनआरएनएको आधिकारिकता नटुंगिएको र अदालतमा नै विचाराधीन मुद्दा रहेको अवस्थामा गरिएको महाधिवेशनविरुद्ध आफूले अदालतको मानहानी मुद्दा हाल्ने पनि उनको भनाई छ । 

    एनआरएनएको ११औं महाधिवेशनका उम्मेदवारहरुले राजनीति गर्न खोजेको उनको आरोप छ । नेपाल छोडेर गएकाहरुले राजनीति गर्न नहुने उनले बताए । राजनीति गर्न मन भएर नेपाल फर्किन पनि उनले सुझाव दिए ।  । 

    ‘नेपाल छोडेर गएका मानिसहरुले राजनीति गर्ने होईन् । राजनीति गर्न मन छ भने नेपाल फर्किने हो । नेपालका राजनीतिक दलहरुले पनि उहाँहरुलाई प्रोत्साहन गरेर तिमीहरु यो समूह, त्यो समूह, तीन–तीन वटा अध्यक्ष बनाउने । यो सारा नेपालीकै बेइज्जत हो ।’ उनले भने, ‘बाहिर गएको नेपालीलाई अहिले तपाईँ कुन समूहको एनआरएन भनेर सोध्छन् । हामीलाई लाजमर्दो भइसक्यो । अहिले सुप्रिम कोर्टलाई समेत नमान्ने, अदालतमा मुद्दा चल्दाचल्दै यहाँ अधिवेशन भइरहेको छ । जबकी वैधानिकता कसलाई दिने भन्ने टुंगो लागेको छैन । अहिले महाधिवेशन भइरहेको छ, यो कुनै पनि हालतमा रोकिन पर्छ ।’ 

    आफू कुन समूहको एनआरएनए सदस्य हो भन्ने कुरा आफूलाई नै थाहा नभएको उनले बताए । डा. बद्री केसी एनआरएनएको अध्यक्ष भएको बेला विदेशमा निधन भएका नेपालीहरुको लाश ल्याउन समेत नसकेर दुर्गा प्रसाईँले विदेश पुगेर शव ल्याएको पनि सुनाए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार