images
images

एनआरएनएको कार्यक्रममा प्रश्नकर्ताहरूसँग रामकुमारी झाँक्री आक्रोशित भएपछि...(भिडियो)

एनआरएनएको कार्यक्रममा प्रश्नकर्ताहरूसँग रामकुमारी झाँक्री आक्रोशित भएपछि...(भिडियो)

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • एनआरएनएको कार्यक्रममा प्रश्नकर्ताहरूसँग रामकुमारी झाँक्री आक्रोशित भएपछि...(भिडियो)

    काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री आक्रोशित भएकी छन् । 

    images
    images

    कार्यक्रममा सहभागीमध्ये केही एनआरएनएले राजनीतिक अधिकारसहितको नागरिकता चाहिने बताएपछि झाँक्रीले सो विषयमा आपत्ति जनाइएकी थिइन् । 

    प्रश्नकर्ता गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने नभए मानवअधिकारको उलङ्घन हुने भन्दै चर्किएका थिए । नेपाली नागरिकलाई अनागरिक बनाउन खोजेको भन्दै उनले अध्यक्ष कुल आचार्यसमेतलाई आक्षेप लगाएका थिए । नेतृत्वले नागरिकताको विषयमा नबुझेकोसमेत उनको भनाइ थियो । 

    सुरुमा नम्र भएर प्रस्तुत भएकी झाँक्रीले बोल्ने क्रममा गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा ‘औँला हालेपछि डुडुल्लोसम्म छिराउने मामिला’ भन्दै कडा अभिव्यक्ति दिएकी थिइन् । उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन् । 

    उनले भनिन्, “पहिला नेपाली विदेश जान केके हर्क गर्‍यौँ । त्यो देशको आईएलआर वा गीनकार्ड पाउन के के हर्कत गर्‍यौँ ? नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्‍यौँ । अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।”
    एउटा नेपालले विदेशमा त्यहाँको सिटिजन र स्थायी बसोबासका हदैसम्मको दुःख गर्ने नेपालीले यहाँ आएर नागरिकताबारे ठुला कुरा गरेको नसुहाउने भन्दै आक्रोश पोखिन् । 

    उनले प्रश्नकर्तालाई “तपाईँ बेलायतमा वकलत गर्नुहुन्छ ?” भनेर प्रश्नसमेत गरेकी थिइन् । त्यसपछि दर्शक दीर्घाबाट झाँक्रीको विरोध सुरु भए पनि उनले यस्ता नाराले आफूलाई केही फरक नपर्ने भन्दै थप आक्रामक भइन् ।   

    ramkumari.JPG

    उनले हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यस देशको विशिष्टतामा आधारित हुने बताउँदै एनआरएनएहरुलाई राजनीतिक अधिकारसहितको गैरआवासीय नागरिकता दिएको बताइन् ।

    “साथीहरु कान खोलेर सुन्नुस्, तपाईँहरुलाई रेस्टुरेन्टमा काम गर्दा गर्दा फुर्सद नभएर हुन सक्छ । मानवअधिकार विश्वप्यापी हुन्छ । तपाईँहरुलाई सिटजनको अधिकार दिएको होइन । गैरआवासीय नागरिकता दिएको हो ।” 

    उनले पहिला खुसीले नागरिकता त्याग्ने पनि अहिले ठुला कुरा गर्ने भन्दै आक्रोश व्यक्त गरिन् । “म कान खोलेर सुन्न भन्छु, तपाईँहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो । भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन । नागरिकता त्यागेर गएकालाई आउन इन्भाइट गरेको हो । यसमा तपाईँहरूको पनि स्वार्थ छ र हाम्रो पनि स्वार्थ छ ।” 

    जहिले पनि धमिलो पानीमा माछा मार्ने भन्दै झाँक्री आक्रोशित भएकी थिइन् ।  “नेपाली पोलिटिकल सिस्टमको बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषवमन गर्ने, नकारात्मक धारणा दिने, यही हो तपाईँहरूको काम ?” उनले प्रश्न गरिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार