images
images

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध, कुन कुन बैंकबाट पाइन्छ कर्जा सुविधा ?

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध, कुन कुन बैंकबाट पाइन्छ कर्जा सुविधा ?

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध, कुन कुन बैंकबाट पाइन्छ कर्जा सुविधा ?

    काठमाडौँ / नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्स प्रा.लि.ले बिक्री गर्दै आएको गाडीहरू २० प्रतिशतको डाउनपेमेण्टमा सहज रूपमा कर्जामा उपलब्ध हुने भएको छ । गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    नेपालभरका प्रभु बैंक , कामना सेवा बैंक, एनएमबी बैंक, साथै नबिल बैंक बाट सहज कर्जा उपलब्ध हुनेछ । यो योजना सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभरी  लागु हुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुममाबाट ग्राहकहरुले लिन सक्नेछन् । 

    नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ । 

    करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८०  किलोमिटरसम्मको रन्जे दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

    यसका साथै हाल नेटा भी मा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना पनि चलिरहेको छ जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार