images
images

नेपाल टेलिकमको चाडपर्व लक्षित अफर : पोष्टपेट र प्रिपेड ग्राहकहरुले भ्वाईसदेखि डाटा सर्भिससम्म केके सुविधा पाउनेछन् ?

नेपाल टेलिकमको चाडपर्व लक्षित अफर : पोष्टपेट र प्रिपेड ग्राहकहरुले भ्वाईसदेखि डाटा सर्भिससम्म केके सुविधा पाउनेछन् ?

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • नेपाल टेलिकमको चाडपर्व लक्षित अफर : पोष्टपेट र प्रिपेड ग्राहकहरुले भ्वाईसदेखि डाटा सर्भिससम्म केके सुविधा पाउनेछन् ?

    काठमाडौं/  नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराएको छ । नेपालीहरुको महान चाड दशंै, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा यस्तो अफर ल्याएको हो । टेलिकमले पोष्टपेड प्रिपेडमा भ्वाइस, म्यासेज तथा डेटा सर्भिसहरु विभिन्न प्याकेज मार्फत उपलब्ध गराएको छ । 

    images
    images

    कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ । दशैंका लागि यो अफर भोलि (२०८० असोज २८) देखि प्रारम्भ नेपाल टेलिकमले जनाएको छ । र यो अफर आगामी कात्तिक १० गतेसम्म उपलब्ध टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताएका छन् । 
     

    आज जारी एक विज्ञप्तिका अनुसार अफर अन्तर्गत रु. ४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

    त्यसैगरी रु. ९८ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ । 

    यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध गराएको छ । 

     पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध विज्ञप्तिमा भनिएको छ । 
     
    त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ । 

    सजिलो अनलिमिटेड ११९९ प्याकेज :यसअघि रु. १४९९ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि रु. ११९९ मा उपलब्ध हुनेछ । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ । 

    असोज २८ देखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट ग्राहकहरुले लाभ  लिने अपेक्षा टेलिकमले लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार