images
images

साविक गुराँस लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

साविक गुराँस लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • साविक गुराँस लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

    काठमाडौँ / साविकको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बिमितलाई दिने बोनसदर सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बोनसदर घोषणा गरेको हो । बीमा प्राधिकरणले असोज २१ गते आव २०७८/०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत गरेको छ ।

    कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

    इन्स्योरेन्सका अनुसार बिमितलाई दिने बोनस प्रतिहजार ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म रहेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिका लागि ७६ रुपैयाँ रहेको छ ।

    यस्तै सावधिक तथा आजीवन बीमा योजना बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७५ रुपैयाँ रहेको छ ।

    अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा कम्पनीले कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६०७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

    बार्षिक नगद फिर्ता बीमालेख योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी विक्री भएको पाइन्छ । यस योजना ७ हजार १ सय १३ वटा विक्री भएको छ । यस पोलिसीमा बीमितहरुले ४३ रुपैयाँ बोनस पाउनेछन् ।

    गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना बीमालेखमा १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ३१ रुपैयाँ र २५ वर्षभन्दा बढी अवधिका लागि ३७ रुपैयाँ बोनसदर कायम गरेको छ ।

    कम्पनीले ३० वर्षे गुराँस जीवन रक्षक (सिमित भुक्तानी) गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजना अन्तर्गत १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३७ रुपैया, २० देखि २४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

    नोटः साविक गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफले सयुक्त जीवन बीमा व्यवसाय शुरु गरी हिमालयन लाइफको नामबाट कारोबार गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार