काठमाडौँ / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बार्षिक साधारण सभा बस्ने मिति तय गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७औँ बार्षिक साधारण सभा फाुगन २५ गते आइतबार बस्ने निर्णय गरेको हो । सभा बिहान १० बजे आम्रपालि बैंक्वेट, भाटभटेनी नक्साल काठमाडौँमा बस्ने कम्पनीले जनाएको छ ।
