images
images

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि शुरु हुने, स्टल बुकिङ खुला

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि शुरु हुने, स्टल बुकिङ खुला

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि शुरु हुने, स्टल बुकिङ खुला
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाल इन्टरनेशनल ट्रेड फेयर - NITF यस वर्ष आगामी २०८० मंसिर १४ देखि १८ गते सम्म काठमाडौँमा हुने भएको छ । महासंघले आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । 

    काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको र यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने भएको छ । 

     मेलामा नेपाली युवा उद्यमी मन्चद्वारा मेड इन नेपाल प्याभिलियन तथा बस्तुगत संघहरूको कमोडिटी प्याभिलियन  रहने छ । नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा  व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो ।

    नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । NITF मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिएको छ ।

    कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ ।

    मेलामा भारतको इन्डिया चेम्बर अफ कमर्स  र नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेद सम्बन्धि बस्तुहरूको प्रर्दशनी एवं प्रवचन कार्यक्रम समेत हुने छ ।

    नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल नेपाल सो हस्तकला उत्पादनहरू, NITF प्रोडक्ट्स, कमोडिटी प्याभिलियन रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्य समेत रहेको छ । 

    मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् ।

    मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसंग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई NITF मा निःशुल्क स्टल उपलब्ध गराइने छ ।

    महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरू जस्तै मुलुक भित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरि विभिन्न भागमा मेला तथा महोत्सव आयोजना हुने पत्रहरू प्राप्त भै रहेको छ । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंघले लिएको छ । साथै मन्दिमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउन समेत नेपाल इन्टरनेशल ट्रेड फेयर-NITF सहयोगी हुने विश्वास महासंघको छ । 

    मेलामा जेष्ठ नागरीक तथा फरक रूपले सक्षम नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ । आजबाट स्टल बुकिङ खुल्ला गरिएको छ ।

    पत्रकार सम्मेलनलाई संवोधन गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास प्रकट गरे । मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुग्ने धारणा अध्यक्ष ढकालको थियो । 

    उपाध्यक्ष सुरकृष्ण वैद्यले एउटा छुट्टै ब्राण्ड बनाउन सफल एनआईटीएफ निजी क्षेत्रका लागि एउटा बलियो प्ल्याटफर्म भएको बताए । उपाध्यक्ष हेमराज ढकालले मेलामा वस्तुुगत संघको छुुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने विश्वास व्यक्त गरे ।  पत्रकार सम्मेलनमा व्यापार मेला समितिका सभापति उमेश डालमिया र सहसभापति सविनलाल श्रेष्ठले पनि बोलेका थिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार