images
images

सेयर धितो कर्जाको सीमा बढे पनि देखिएन बजारमा उत्साह, ३५.६७ अङ्कले खुम्चियो नेप्से

सेयर धितो कर्जाको सीमा बढे पनि देखिएन बजारमा उत्साह, ३५.६७ अङ्कले खुम्चियो नेप्से

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • सेयर धितो कर्जाको सीमा बढे पनि देखिएन बजारमा उत्साह, ३५.६७ अङ्कले खुम्चियो नेप्से

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले सेयर धितोको कर्जाको सीमा बृद्धि गरे पनि त्यसको असर भने सेयर बजारमा देखिएको छैन । जसको फलस्वरुप साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३५.६७ अङ्क अर्थात १.८२ प्रतिशतले घटेर बन्द भएको छ। 

    images
    images

    केन्द्रिय बैङ्कले गत बिहीबार एक परिपत्र जारी गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोड र संस्थागत लगानीकर्ताका लागि कर्जाको सीमा २० करोड रुपैयाँ पुर्याएको थियो।

    यसले बजारमा आंशिक रूपमा सकारात्मक असर पार्ने बताइए पनि पहिलो कारोबार दिन भने निराशजनक देखिएको छ । यो दिन नेप्से परिसूचक ३५.६७ अंक घटेर १९२१.२४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक घटेको छ।

    त्यस्तै, आज २८९ कम्पनीको ५९ हजार १७१ पटकको कारोबारमा ५८ लाख १५ हजार कित्ता सेयर १ अर्ब ८० करोड १७ लाख रुपैयाँमा खरिदबिक्री भएको छ । 

    आइतबार बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.५९ प्रतिशत बढेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ९.४० प्रतिशत बढेको छ। हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेञ्चर २०८५ को मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    आज कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ५ करोडको सेयर कारोबार भएको छ भने नबिल बैङ्कको ५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

    आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत, होटल र पर्यटन उपसमूहको २.३५ प्रतिशत र जीवन बीमा उपसमूहको परिसूचक २.२८ प्रतिशतले घटेको छ। अन्य उपसमूहको परिसूचक भने आज १ प्रतिशतभन्दा बढीले घटेको देखिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार