images
images

बससेवा डटकममा दशैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो, दैनिक ४० हजार जनाले टिकट काट्न सक्ने

बससेवा डटकममा दशैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो, दैनिक ४० हजार जनाले टिकट काट्न सक्ने

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • बससेवा डटकममा दशैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो, दैनिक ४० हजार जनाले टिकट काट्न सक्ने

    काठमाडौँ / अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

    साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

    यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरु गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । उनले “बिगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै रेहेको छ । बससेवा मार्फत अहिले दैनिक ४० हजार भन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ ।”

    यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स् मार्फत सहजै टिकट काट्न सक्नेछन् । बससेवाले बससेवा मार्फत टिकट काट्ने यात्रुहरूमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्बजनिक गरेको छ । बससेवाले पछिल्लो समय पृथ्वी यातायातसँग समेत सहकार्य गरेको छ । योसँगै पोखराबाट काठमाडौँ मात्र नभएर नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिनेछ । 

    बससेवाले पछिल्लो समय यात्रुहरुलाई सडकमा कुर्न झन्झट नहोस् भन्ने उद्देश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा करिब तीनसय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार