images
images

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • सानिमा बैंकको १४.७० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौँ / सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

    images
    images

    आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले आगामी साधारणसभाका लागि सोमबार (भोली) बुक क्लोज गर्ने छ ।

    बैंकले कात्तिक २ गते साधारणसभा बोलाएको छ । बैंकले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    यस्तो छ सानिमा बैंकको १५ बर्षे लाभांश इतिहास, कुन आर्थिक बर्षमा कति ? 

    बैंकले १५ वर्षमध्ये दुई आर्थिक वर्षहरु २०७१/७२ र आव २०७५/७६ मा २० प्रतिशतभन्दा धेरै लाभांश वितरण गरेको छ । यस्तै चार आर्थिक वर्षहरुमा आव २०७७/७८, २०७३/७४, २०७२/७३ र २०७०/७१ मा १५ प्रतिशतभन्दा धेरै तथा पाँच आर्थिक वर्षमा दश प्रतिशतभन्दा धेरै पन्ध्र प्रतिशतभन्दा कम प्रतिफल लगानीकर्तालाई वितरण गरेको छ ।

    यसैगरी बैंकले गत आव २०७९/८०, २०७८/७९, २०७६/७७, २०७४/७५ र २०६९/७० मा बैंकले दश देखि पन्ध्र प्रतिशतको बीचमा लाभांश वितरण गरेको थियो । यस्तै बैंकले दुई आर्थिक वर्षहरु २०६७/६८ र २०६८/७९ मा सिंगल डिजिटमा लाभांश वितरण गरेको छ ।

    Bussewa.jpg

    १. आर्थिक वर्ष २०६५/६६– आर्थिक वर्ष २०६५/६६ मा बैंकले सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त आर्थिक बर्षमा बैंकले बोनस सेयर मात्रै वितरण गरेको थियो ।

    २. आर्थिक वर्ष २०६६/६७– आर्थिक वर्ष २०६६/६७ मा १० प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त आर्थिक बर्षमा बैंकले नगद लाभांश भने वितरण नगरि बोनस सेयर मात्रै वितरण गरेको थियो । 

    ३. आर्थिक वर्ष २०६७/६८– आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.५ प्रतिशत नगद वितरण गरेको थियो । यो वर्ष बैंकले बोनस वितरण गरेको थिएन ।

    ४. आर्थिक वर्ष २०६८/६९– आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५.५ प्रतिशत नगद वितरण गरेको थियो । यो वर्ष पनि बैंकले बोनस वितरण गरेको थिएन ।

    ५. आर्थिक वर्ष २०६९/७०– आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
     
    ६. आर्थिक वर्ष २०७०/७१– आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    ७. आर्थिक वर्ष २०७१/७२– आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    ८. आर्थिक वर्ष २०७२/७३– आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    ९. आर्थिक वर्ष २०७३/७४– आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो । यो वर्ष बैंकले नगद दिएको थिएन ।

    १०. आर्थिक वर्ष २०७४/७५– आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत नगद वितरण गरेको थियो । यो वर्ष बैंकले बोनस दिएको थिएन । 

    ११. आर्थिक वर्ष २०७५/७६– आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    १२. आर्थिक वर्ष २०७६/७७– आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद गरि कूल १३.६ प्रतिशत लाभांश वितरण गरेको छ ।

    १३. आर्थिक वर्ष २०७७/७८– आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो । 

    १४. आर्थिक वर्ष २०७८/७९– अघिल्लो आर्थिक वर्ष २०७८/७९मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    १५. आर्थिक वर्ष २०७९/८०– आर्थिक वर्ष मा २०७९/८० बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    १५ बर्ष अवधीमा सानीमा बैंकले वितरण गरेको लाभांश प्रतिशतमा

    sanima bank table.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार