images
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका आङबोको दाबी

कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका आङबोको दाबी

शनिवार, असोज २० २०८०
शनिवार, असोज २० २०८०
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका आङबोको दाबी

    काठमाडौँ / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङबोले दाबी गरेका छन् । आज (शनिबार) प्रदेश सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसले दुई दुई पटक प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएपनि विश्वासको मत पाप्त गर्न नसकेको बताउँदै अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन् ।

    images
    images

    कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताउँदै उनले माओवादीको नेतृत्वमा सरकार गठन भए बहुमतका लागि सहज हुने बताए ।

    प्रदेश सभाबाट विश्वासको मत पाउने वातावरण नबनेसँगै मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री कार्कीले राजीनामा घोषणा गरेसँगै कोशीमा अब संविधानको धारा १६८ (५) को सरकार गठनको प्रक्रिया खुल्ला भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार