images
images

को हुन् नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियूक्त भएकी संगीता पहाडी अर्याल

को हुन् नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियूक्त भएकी संगीता पहाडी अर्याल

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • को हुन् नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियूक्त भएकी संगीता पहाडी अर्याल

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल भएकी छन् । 

    images
    images

    नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज असोज १७ गतको निर्णय (मा. मन्त्रीस्तर) अनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको टेलिकमले जनाएको छ । 

    उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिईन् । 

    नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् ।

    sangita aryal.JPG

    उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिईन् । २०५१ फागुन १० गते स्थायी नियुक्ति लिएकी हुन् ।  उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भइन् । 

    पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार