images
images

भिजन लुम्बिनी उर्जा कम्पनीले विदेशमा भएका नेपालीका लागि बाड्यो आइपिओ

भिजन लुम्बिनी उर्जा कम्पनीले विदेशमा भएका नेपालीका लागि बाड्यो आइपिओ

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • भिजन लुम्बिनी उर्जा कम्पनीले विदेशमा भएका नेपालीका लागि बाड्यो आइपिओ

    काठमाडौँ / मुक्तिनाथ क्यापिटल लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले विदेशमा भएका नेपालीहरूका लागि निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको छ । 

    images
    images

    कम्पनीले एक सय रुपैयाँ अंकित दरको १ लाख ९१ हजार २५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरूमा भदौ १९ गतेदेखि असोज २ गतेसम्म बिक्री आह्वान गरेको आइपिओ बाँडफाँट गरेको हो । 

    सो अवधिभित्र जम्मा २९ हजार ८३० जना आवेदकहरूबाट ७ लाख ५२ हजार ४८० (जारी गरेको भन्दा ३.९३ गुणा बढी) कित्ता साधारण शेयरको लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक आवेदन दिनुहुने २९ हजार ८२२ जना आवेदकहरूबाट प्राप्त भएको ७ लाख ५२ हजार ३८० कित्ता शेयर बाँडफाँट गरिएको हो । 

    गोला प्रथाबाट छनौट गरी १९ हजार १२५ जना आवेदकहरूलाई १० कित्ताका दरले १ लाख ९१ हजार २५० कित्ता सेयर असोज १५ गते बिहान बाँडफाँट गरिएकोे निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । 

    भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको जारी पूँजीको १० प्रतिशत अथार्त १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको १९ लाख १२ हजार ५०० कित्ता शेयर असोज १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन भईरहेकोे कम्पनीले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार