images
images

विपिन कुमार गुरुङको संयोजकत्वामा एनआरएनए  कोरियाको कमिटी गठन, संस्थापनलाई निरन्तरता दिने दाबी

विपिन कुमार गुरुङको संयोजकत्वामा एनआरएनए  कोरियाको कमिटी गठन, संस्थापनलाई निरन्तरता दिने दाबी

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • विपिन कुमार गुरुङको संयोजकत्वामा एनआरएनए  कोरियाको कमिटी गठन, संस्थापनलाई निरन्तरता दिने दाबी

    काठमाडौँ / गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा संस्थापनलाई निरन्तरता कमिटी गठन गरिएको छ । 

    images
    images

    निक ट्राभलमा भएको भेलाले विपिन कुमार गुरुङको संयोजकत्वामा राष्ट्रिय समन्वय परिषद् गठन गरिएको हो । गुरुङ पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुन् । 

    भेलालाई सम्बोधन गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले संस्थामा देखा परेको समस्या समाधानको लागि आफूले निकै पहल गरेको तर अर्को पक्ष पन्छिएपछि कमिटी गठन गर्नुपरेको बताए । 

    “संस्थाभित्रको समस्या समाधानको लागि हामीले निकै पहल गरेका थियौँ तर अर्को पक्ष तयार भएन । कोरियामा रहेका नेपालीहरुको हक अधिकारको पक्षमा लड्न कमिटी गठन गरिएको हो” कुँवरले भने ।  

    सन् २००६ मा गठन भएको स्थापन भएको संस्थाको निरन्तरताको लागि कमिटी गठन भएको बताए । 

    लामो समयसम्म नेतृत्व गरेका कुँवरले स्थापनकालदेखि हालसम्म एनआरएनए कोरियाको अभिभावकत्व गर्दै आएका छन् । 
     
    त्यस्तै भेलामा उपस्थित सचिव जुनु गुरुङले एनआरएनएको निरन्तरताको लागि कमिटी गठन भएको बताए । 

    कमिटीको उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् । 
    यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् ।

    प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको सहमति बद्री केसी समूहले कार्यान्वयन नभएपछि एनआरएनएको एकता भाडिएको थियो । केसी समूहले सहमतिलाई लत्याउँदै अघि बढेपछि आफूहरु कमिटी गठन गर्दै कुँवर पनि अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार