images
images

अनमोल केसी हाजिर–जमानीमा रिहा

अनमोल केसी हाजिर–जमानीमा रिहा

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • अनमोल केसी हाजिर–जमानीमा रिहा

    काठमाडौँ / चर्चित नायक अनमोल केसी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले नायक केसीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै उनी हाजिरी जमानीमा रिहा भएका हुन् ।

    images
    images

    शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । 

    अनमोलविरुद्ध प्रहरीले आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

    उनलाई सोमबार अदालत लैजानुपर्ने अवस्था थियो तर, प्रहरीले उनलाई त्यसअघि नै रिहा गर्ने निर्णय गरेको छ ।

    अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छाड्ने निर्णयसँगै उनी जिल्ला प्रहरी परिसर टेकुबाट रिहा भएका हुन् । 
    अनमोलमाथि फिल्मको मूख्य भूमिकामा अनुवन्ध भएको सम्झौता गरेर १० लाख रकम लिएर फिल्म नखेलेको आरोपमा फिल्म निर्माण पक्षले उजुरी दिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार