images
images

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यास प्रतिसिलिण्डर २१५ रुपैयाँ बढ्यो

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यास प्रतिसिलिण्डर २१५ रुपैयाँ बढ्यो

शनिवार, असोज १३ २०८०
शनिवार, असोज १३ २०८०
  • निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यास प्रतिसिलिण्डर २१५ रुपैयाँ बढ्यो

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य र खाना पकाउने ग्यासको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । 

    images
    images

    निगमद्वारा प्रकाशित सूचना अनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको छ। 

    त्यस्तै, हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ भो खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर बढेर २ हजार ११० रुपैयाँ पुगेको छ । 

    पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ)मा १८४ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलमा १८५ रुपैयाँ कायम भएको छ ।

    यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर पुगेको छ भने आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । निमगले वृद्धि गरेको नयाँ मूल्यसूच्ी शनिबार राति १२ बजेपछि लागु हुनेछ ।

    Notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार