images
images

मनसुन र झारखण्ड आसपासको चापिय क्षेत्रको प्रभाव, आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

मनसुन र झारखण्ड आसपासको चापिय क्षेत्रको प्रभाव, आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • मनसुन र झारखण्ड आसपासको चापिय क्षेत्रको प्रभाव, आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?
    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  
     
    शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
     
    कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
     
    शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
     
    कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक÷दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
     
    आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
     
    बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।
     
    वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्ग र तराईमा हावा हुरीको जोखिम रहने हुँदा सोबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार