images
images

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, अब ग्राहकहरूले थप केके सुविधा पाउलान् ?

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, अब ग्राहकहरूले थप केके सुविधा पाउलान् ?

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, अब ग्राहकहरूले थप केके सुविधा पाउलान् ?

    काठमाडौँ / एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ । 

    images
    images

    को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरू, एयरपोर्ट, सिनामङ्गल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् । यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् । 

    एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१०० प्रतिशत क्यास ब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ । 

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १४६ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार