images
images

नेप्से परिसूचकमा उत्साहजनक वृद्धि, कारोबार रकममा सन नेपाल लाइफ इन्स्योरेन्सको हिस्सा सर्वाधिक

नेप्से परिसूचकमा उत्साहजनक वृद्धि, कारोबार रकममा सन नेपाल लाइफ इन्स्योरेन्सको हिस्सा सर्वाधिक

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • नेप्से परिसूचकमा उत्साहजनक वृद्धि, कारोबार रकममा सन नेपाल लाइफ इन्स्योरेन्सको हिस्सा सर्वाधिक

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ । 

    images
    images

    आज विभिन्न दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । 

    आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको उपसूचक पाँच दशमलव ३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक चार दशमलव ३८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सबै समूहका उपसूचकमा हरियाली देखिएको छ ।

    आज चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

    साथै सबैभन्दा धेरै गुमाउने कम्पनीमा एनआईबीएल ग्रोड फन्डको शेयर मूल्य चार दशमलव ०७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १८ लाख ३६ हजार चार सय ८३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख २९ हजार २३२ कित्ता शेयर किनबेच भएको छ । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार