images
images

प्रभु क्यापिटलले ६.३१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

प्रभु क्यापिटलले ६.३१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

शुक्रवार, भदौ २९ २०८०
शुक्रवार, भदौ २९ २०८०
  • प्रभु क्यापिटलले ६.३१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
    images
    images

    काठमाडौँ / प्रभु क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २५ गते बसेको बैठकले ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    क्यापिटलले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज १९ गते काठमाडौंमा दिनको १ बजे सुरु हुनेछ ।

    कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले सञ्चालकको नियुक्त पनि अनुमोदन गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार