images
images

सिटिजन्स क्यापिटलले १२ प्रतिशत लाभांश बाँड्ने, बार्षिक साधारण सभा कहिले ?

सिटिजन्स क्यापिटलले १२ प्रतिशत लाभांश बाँड्ने, बार्षिक साधारण सभा कहिले ?

बिहिवार, भदौ २८ २०८०
बिहिवार, भदौ २८ २०८०
  • सिटिजन्स क्यापिटलले १२ प्रतिशत लाभांश बाँड्ने, बार्षिक साधारण सभा कहिले ?
    images
    images

    काठमाडौँ / सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    क्यापिटलको सञ्चालक समितिको भदौै २४ गते बसेको बैठकले गत बर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने २ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    क्यापिटलले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १७ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज १९ गते झम्सिखेल ललितपुरमा बिहान ११ बजे हुनेछ ।

    कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।कम्पनीको सभाले सञ्चालकको नियुक्त पनि अनुमोदन गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार