काठमाडौँ / खानीखोला हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको आइतबार (भदौ २४ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद सेयर स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश हुनेछ । त्यसपछि प्रस्ताव साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएर नियामकको अनुमतिपछि मात्र सेयर जारी हुनेछ ।
कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । १००५ हकप्रदपछि ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।