काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग ४ वटा पावर कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका छन् ।
लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीले बोर्डसँग अनुमति मागेका हुन् । यी चार कम्पनीले करिब ७८ करोड ५९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेका हुन् ।
कुन कम्पनीको कति ?
१. आँखुखेला जलविद्युत
आँखुखेला जलविद्युत कमपनीको चुक्ता पुँजीको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
२. लिवर्टी इनर्जी
लिवर्टी इनर्जीले ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
३. ङादी ग्रुप पावर
ङादी ग्रुप पावरले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.३२ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । यसको कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
४. बरुण हाइड्रोपावर
बरुण हाइड्रोपावरलिमिटेले पनि १०० प्रतिशत अर्थात १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यस कम्पनीको हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
यी सबै कम्पनीले बोर्डको अनुमति पाएपछि हकप्रद सेयर बिक्री खुला गर्नेछन् । सबैले १०० रुपैयाँ अङ्कित मूल्यमा सेयर जारी गर्न अनुमति मागेका हुन् ।