images
images

माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा असोज ९ गते, के–के छन् प्रस्ताव ?

माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा असोज ९ गते, के–के छन् प्रस्ताव ?

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा असोज ९ गते, के–के छन् प्रस्ताव ?
    images
    images

    काठमाडौँ / माई खोला हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद निस्कासनको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । 

    कम्पनीले आगामी असोज ९ गते काठमाडौँको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा साधारणसभा आह्वान गरेको हो । 

    साधारणसभामा हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निस्कासन लगायतका अजेण्डाहरू प्रस्तुत हुनेछन् । हाल यो कम्पनीको चुक्ता पूँजी ३१ करोड २१ लाख रुपैयाँ छ । 

    त्यस्तै सभाले हकप्रदबाहेक आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पास गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।  

    साधारणसभा प्रयोजनका लागि असोज १ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यस बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार