images
images

‘रोयल थिम’ सहित जी–रामायण होटल सञ्चालनमा, एकरातको लक्जरी रुमको ४० हजारसम्म

‘रोयल थिम’ सहित जी–रामायण होटल सञ्चालनमा, एकरातको लक्जरी रुमको ४० हजारसम्म

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    ‘रोयल थिम’ सहित जी–रामायण होटल सञ्चालनमा, एकरातको लक्जरी रुमको ४० हजारसम्म
    images
    images

    काठमाडौंको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । 

    images
    images

    ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालन पश्चात ५५ कोठा हुनेछन् ।

    hotel ramayan .jpg
     
    सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश गुप्ताले जानकारी दिए । दुई दशकभन्दा बढी समय ट्राभल क्षेत्रमा अनुभव हासिल गरेका गुप्ताले संसारका विभिन्न मुलुकको भ्रमणपछि नेपालमा मौलिक र विलासी सुविधासहित होटल खोल्ने लक्ष्यअनुसार जी रामायण सञ्चालनमा ल्याइएको बताए ।
     
    नेपालका अन्य होटलमा आएका पर्यटकलाई पनि पृथक स्वाद र सम्मानका लागि यस होटलमा ल्याएर अनुभव गराउने लक्ष्य राखिएको छ भने होटलको कोठा अनुसार प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क निर्धारण गरिएको छ ।

    hotel ji ramayan nepal.jpg

     लन्डन स्वीट, रोयल राजस्थान स्वीट र टर्किश स्वीटका रुमहरु रहेको यो होटल नेपालका लागि पृथक अनुभव हुने बताइएको छ ।

    सात तले यस होटलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जीम, साउना, स्वीमिङ पुल लगायत सुविधा रहेका छन् । होटलमा ३ सय जनाका लागि बैंक्वेट सुविधा रहेका छन् । रेष्टुरेन्ट लगायतका अन्य सबै सुविधा रहेको होटलमा अध्यक्ष गुप्तासहित साजन शाक्य, नाफिसा खातुनको लगानी रहेको छ ।
     
    होटलमा पार्किङ लगायत सुविधा  छ भने यो होटल काठमाडौं दरबार स्क्वायरबाट मात्र १.९ किमी टाढा छ भने गार्डेन अफ ड्रीम्ससम्म ५ मिनेटमै पुग्न सकिन्छ । होटलका कोठाहरूमा बिडेट, छुट्टै ट्वाइलेट, र सावरजस्ता सुविधाहरू छन्, साथै हेयर ड्रायर र तौलियाहरू पनि उपलब्ध गराइएका छन् ।

    hotel ji ramayan.jpg

    होटलमा अतिथिहरूले काठमाडौंको इतिहासलाई सजिलै अनुभूति गर्न सक्छन् । किनभने चार पर्खालले घेरिएको नारायणहिटी दरबार संग्रहालय होटलबाट करिब २० मिनेटको दूरीमा अवस्थित छ । 

    ठमेलसम्म केवल ९ मिनेट पैदल यात्रा गरेर पुग्न सकिने यो होटल सोरहखुट्टे बस स्टपको केही कदम नजिकै छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार