images
images

अग्नी मोटोइंकले ल्यायो १२५ बर्षे इतिहास भएको फ्रेन्च मोटोसाइकल्स प्यूजो, मूल्य कति ?

अग्नी मोटोइंकले ल्यायो १२५ बर्षे इतिहास भएको फ्रेन्च मोटोसाइकल्स प्यूजो, मूल्य कति ?

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    अग्नी मोटोइंकले ल्यायो १२५ बर्षे इतिहास भएको फ्रेन्च मोटोसाइकल्स प्यूजो, मूल्य कति ?
    images
    images

    काठमाडौँ / अग्नी मोटोइंकले नेपाली बजारमा १२५ वर्षको इतिहास भएको विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल प्यूजो ल्याएको छ ।  

    images
    images

    मंगलवार एक विशेष कार्यक्रमकाबिच उक्त फ्रेन्च मोटोसाइकल प्यूजो सार्वजनिक गरिएको हो । 

    उक्त कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल अग्नि मोटोइक अग्नी ग्रुपको सहायक कम्पनीले स्थानीय नयाँ युगको शुरुआत गर्दै नेपाली ग्राहकहरुलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्ने प्युजो नेपाली बजारमा उपलब्ध हुने अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले बताए । 

    उनले भने, “प्यूजÞो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो यी स्कूटर केवल साधन मात्र नभई एक जीवनशैली हुन हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कूटर ल्याउन पाउँदा खुशी छौँ । प्यूजÞो मोटसाइकल्सको नेपालमा प्रवेशले दुई पाङग्रे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको सङ्केत गर्दछ । सुरुमा, काठमाडौं उपत्यकाका बासिन्दाहरूले यी असाधारण अल्ट्रा–प्रिमियम स्कुटरहरूको स्वामित्व र मजा लिन पाउनेछन। यद्यपि, आगामी दिनहरूमा प्युजो मोटरसाइकल अन्य मोडलहरूमा ल्याउने समेत योजनामा छौँ ।

    १५० सीसी इन्जिन सहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ भएको यो स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख ३२ हजार रुपैयाँमा उपलब्ध हुनेछ । खैरो÷कालो र निलो÷पहेँलो गरी दुई रङहरूमा उपलब्ध छ । 

    यस्तै, १२५ सीसी मोटोसाइकल भने नेपाली बजारमा पाँच लाख एकहत्तर हजारमा उपलब्ध हुनेछ । निलो÷ सेतो, फ्लेमिङ्गो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी ४ रंगमा उपलब्ध छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार