images
images

नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन फागुन ७ : प्रधानमन्त्री ओली

नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन फागुन ७ : प्रधानमन्त्री ओली

बुधवार, फागुन ७ २०८१
बुधवार, फागुन ७ २०८१
  • images
    images
    नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन फागुन ७ : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस अर्थात फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउन दृढ संघर्ष अघि बढाएको बताएका छन् ।

    प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले फागुन ७ गते आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताएका हुन् ।

    उनले भने, “समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढायो । यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रूपमा मनाउँछौँ । शहीदहरूको महान त्यागलाई सम्झन्छौँ । नयाँ पुस्तालाई, उनीहरूको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौंँ । फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पु-याएको दिन हो ।” 

    साथै, फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताब्दीको स्मरण समेत गराएको उनको भनाइ छ । 

    प्रधानमन्त्री ओलीले सत्य÷तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरूको जात काडिएको जस्ता पिडादायी घटनाहरूको याद यो दिनले गराउने गरेको बताए । 

    साथै, उनले जहानियाँ राणा तन्त्रको विरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । उनले हाम्रो भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन समेत भएको बताए ।

    “पुस्तान्तरको समयचापले कहिलेकाँही न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ? त्यसले त अझै राणाकालका दरवारहरूबाट निर्वाह गरिरहेको छ !”, प्रधानमन्त्री ओलीले भने, “
    जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरवार बनायो, प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यवसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो ।  निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ?”

    यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्ने उनले बताए । 

    फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर÷वीरङ्गनाहरूको स्मरण गर्ने दिन पनि रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

    उनले प्रजातन्त्र स्थापनाको हाम्रो सङ्घर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन फागुन ७ नै  भएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार