काठमाडौँ / आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० जना सांसदले प्रश्न सोध्ने भएका छन् । सभामुख देवराज घिमिरेका अनुसार प्रश्नोत्तरका लागि १० जना सांसदले नाम टिपाएका हुन् ।
प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष स्पष्टीकरण सोध्न पाउने छैनन् । सो कुराको जानकारी सभामुख घिमिरेले दिएका हुन् ।
प्रश्न सोध्ने समय पनि सीमित गरिएको छ । सभामुख घिमिरेका अनुसार प्रश्न राख्ने सांसदले प्रधानमन्त्रीलाई एक मिनेटभित्रै आफ्नो कुरा सक्नुपर्नेछ ।