images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

शनिवार, फागुन ३ २०८१
शनिवार, फागुन ३ २०८१
  • images
    images
    आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । 

    युरोपियन युरो एकको खरिदर १४५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ४० पैसा र बिक्रीदर १७५ रुपैयाँ १५ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३४ पैसा तय गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
     
    जापानी येन १० को खरिददर ०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ०९ रूपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्री दर ३१ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४५ पैसा र बिक्री दर १९ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ६० पैसा निर्धारण भएको छ ।

    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार