images
images

डेब्यू निर्देशक एकताको ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

डेब्यू निर्देशक एकताको ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • images
    images
    डेब्यू निर्देशक एकताको ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी
    images
    images

    काठमाडौँ / अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडीको अभिनय रहने ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन ।

    ई.प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरूका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

    सिनेमालाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

    को हुन नव निर्देशक एकता पौडेल ?

    एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् । आमसञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा सिनेमाहरू बनाएकी छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार