आज विक्रम संवत २०८१ साल माघ २२ गत, मंगलबार । ईश्वी सन् २०२५ फेव्रुवरी ४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–षष्ठी, १ घडी ५४ पला, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त सप्तमी । अश्विनी नक्षत्र, ४४ घडी ४१ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त भरुणी । शुभ-योग, ५० घडी ३२ पला, रातको ३ बजेर ४ मिनेट उप्रान्त शुक्ल । तैतिल-करण, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त गर, बेलुकी ६ बजेर २५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । राशिअनुसार आजको दिन तपाईँको समय कस्तो चल्दैछ ? हेर्नुस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनपेक्षित खर्च बढ्नेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । पहिलेकै कमजोरी दोहोरिदा तनाब बढ्न सक्छ। आज मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ। यद्यपि, बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने हुन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा लाभ रहनेछ। सेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। योजनाहरू कार्यान्वयनमा सफलता मिल्नेछ। अवसरका लागि दौडधुप गर्नुपर्ला। अरुका लागि समय दिनुपर्दा आफ्नो काममा बाधा आउन सक्छ । सरसापट वा कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि प्रतिष्ठा बढ्नेछ । लगानी बढे पनि अपेक्षित नतिजा प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन् । महत्वकांक्षी योजनाहरू गोप्य राख्नुहोस् । मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्याङ्कन हुनेछ । दीगो फाइदाको काम सुरु हुनेछ । आयस्रोत बढ्नेछ । उठ्नुपर्ने रकम हात पर्नेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा दीगो फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नोकरी वा पेशामा प्रभाव बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि इष्टमित्रको राम्रो सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा धनलाभ रहनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रोकिएका केही काम बन्नेछन्। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरुको काम गर्दा पनि आफैलाई फाइदा हुने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा उत्साह र उमङ्ग बढ्नेछ । व्यावसायिक जीवनमा सुधार आउनेछ। नोकरी वा पेशामा सिनियर व्यक्तित्वहरूको सहयोग प्राप्त हुनेछ । आकस्मिक समस्याले दौडधुप हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। अरुको स्वार्थका लागि उपयोग भइएला। पछि फाइदा हुने काम सम्पादन हुनेछ। दोहोर्याएर गरेको काम सफल हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ । परिवारलाई समय दिने कोसिस गर्नुहोला। घरको सजावटमा धन खर्चका योग छन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । मनग्य धन लाभ हुने समय छ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यवसायका लागि यात्रा सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको कार्यसम्पादन हुनेछ । व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नेछ । नयाँ काम सुरु गर्ने समय छ । मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। आफ्ना योजना गोप्य राख्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ने रहेको छ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ । रोकिएको काम बिस्तारै काम बन्नेछ। अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन्। पेसा–व्यवसायमा फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा समय अनुसार प्राथमिकतालाई ध्यान दिएर कार्य गर्नुहोला। व्यापार व्यवसायमा संयमले काम लिने समय छ । साझेदारीका समस्याले दिगो योजनामा अघि बढ्न समस्या पर्न सक्छ। परिस्थितिवश पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने हुन सक्छ। नयाँ तथा महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यस्तता बढ्नेछ । समयमा कार्य समयमा सम्पादन हुन गाह्रो छ। यद्यपि, व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। नेतृत्व क्षमतामा वृद्धि हुनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम सुरु गर्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक कार्यमा रुचि बढ्नेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।