images
images

जापानमा ब्याजदर बढेर १७ वर्ष यताकै उचाइमा

जापानमा ब्याजदर बढेर १७ वर्ष यताकै उचाइमा

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • जापानमा ब्याजदर बढेर १७ वर्ष यताकै उचाइमा
    images
    images

    टोकियो / जापानको केन्द्रीय बैंक ‘बैक अफ जापान’ (बीओजे)ले ब्याजदर बढाएको छ । शुक्रबार बैंकले प्रमुख ब्याजदर बढाएर शून्य दशमलव ५ प्रतिशत आसपासमा पुर्‍याएको हो ।

    पछिल्लो आर्थिक तथ्याङ्कले गएको महिना महँगी १६ महिनायताकै उच्च दरमा बढेको देखाएपछि बैंकले छोटो अवधिको ब्याजदर बढाएको थियो । योसँगै ब्याजदर १७ वर्षयताकै उच्च स्तरमा उक्लिएको छ ।

    जारमा अर्को झट्का टार्न पछिल्लो ब्याजदर वृद्धि गरेको बीओजेका गभर्नर काजुओ उएदाले भनेका छन् । 

    शुक्रबार सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार एक वर्ष अघिको तुलनामा डिसेम्बरमा जापानमा कोर उपभोक्ता मूल्य ३ प्रतिशतले बढेको थियो । 

    बीओजेले गरेको यो जुलाईयताको पहिलो ब्याजदर वृद्धि हो । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको केही दिनमै बैंकको यो निर्णय आएको हो ।

    आफ्नो चुनावी अभियानमा ट्रम्पले अमेरिकामा बाहिरबाट आउने सबै सामानमा अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । 

    यसले जापान जस्ता निर्यातकर्ता देशमाथि प्रभाव पार्नेछ । अहिलेका लागि ब्याजदर बढाएर आवश्यक पर्‍यो भने भविष्यमा ब्याजदर घटाउन बैंकले थप ठाउँ पाउनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार