images
images

कताहो ठेगाना प्रणालीले पायो वर्ल्ड समिट अवार्ड

कताहो ठेगाना प्रणालीले पायो वर्ल्ड समिट अवार्ड

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • कताहो ठेगाना प्रणालीले पायो वर्ल्ड समिट अवार्ड
    images
    images

    नेपालको डिजिटल ठेगाना प्रणाली कताहोले वर्ल्ड समिट अवार्ड (WSA) प्राप्त गरेको छ । नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको टीमले एडरेसग्राफ नेपाल प्रा.लि. मार्फत तयार गरेको डिजिटल ठेगाना प्रणाली 'कताहो'ले Smart Settlements and Urbanization विधामा छनौट भई पुरस्कार प्राप्त गरेको हो ।

    WSA ले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका उत्कृष्ठ प्रविधिहरुको चयन गरी हरेक बर्ष पुरस्कार दिने गर्दछ । गत राती WSA ले आधिकारिक वेभ साइटमा उक्त घोषणा गरेको हो । 

    यस बर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहविच भारतको हैदरावादमा हुने WSA ले जनाएको छ । 'कताहो' ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ । 

    अफलाइनमै ठेगाना कोड खोज्न सकिने 'कताहो' प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्ड भित्र कुनै स्थानको कोड बोलिकै माध्यमबाट शेयर गर्न सकिन्छ । यो प्रणाली प्रयोग गरी हालसम्म १० हजारभन्दा बढिले ठेगाना पाटी तयार गरिसकेका छन् । यो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्दछन् । 

    विभिन्न स्थानीय निकायहरुले यस प्रणालीमार्फत ठेगाना प्लेटका साथै विपत व्यवस्थापनमा सूचना दिन सकिने एमरजेन्सी रेसपोन्स कन्सोल समेत जडान गर्दै आइरहेका छन् । WSA का अनुसार यस कताहो ठेगाना प्रणालीले संयुक्त राष्ट्रसंघका दीगो लक्ष प्राप्त गर्ने विभिन्न विधामध्ये ६ वटा लक्षको लागि यस प्रणालीले योगदान गर्न सक्ने भनी उल्लेख गरेको छ ।

    wasa2024.JPG

    नेपालबाट यसअघि सन् २०२२ मा नागरिक एपले गभर्मेन्ट एण्ड सिटिजन्स इन्डेज्डमेन्ट विधामा उक्त पुरस्कार प्राप्त गरेको थियो । 

    World Summit Award (WSA) एक विशेष पुरस्कार प्रणाली हो जसले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका प्रविधिहरूको चयन गरी त्यसको प्रवर्धनको लागि काम गर्दछ ।

    विश्वस्तरमा प्रभाव पर्ने गरी तयार गरिएका स्थानीय नवप्रवर्तनको चयन गरी त्यसलाई विश्वव्यापी बनाउन यो पुरस्कार प्रदान गर्ने गरिन्छ । WSA ले हरेक वर्ष विश्वभरबाट विभिन्न विधामा उत्कृष्ठ परियोजनाहरूलाई सम्मान गर्ने गर्दछ । विजेताहरू छनोटका लागि विश्वभरका १८२ देशका ध्क्ब् का राष्ट्रिय विज्ञहरूको सिफारिसमा स्थानीय नवप्रर्वतनहरु छनौट गरिन्छ । यी नवप्रवर्तनहरूलाई अनलाइन जुरीमा पठाइन्छ, जसले पहिलो सूची तयार गर्दछ । 

    पहिलो सूचीमा सूचीकृत भएका परियोजनालाई ग्राण्ड जूरीले अनलाइन अन्तर्वार्ता लिन्छन् र अन्तिम विजेताहरू चयन गर्दछ । यस बर्ष विश्वभरबाट ४० वटा परियोजनाले विभिन्न विधामा WSA Award प्राप्त गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार