विक्रम संवत २०८१ साल माघ ५ गते, शनिबार । ईश्वी सन् २०२५ जनवरी १८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–पंचमी, अहोरात्र । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह, बेलुकी ९ बजेर ५३ मिनेट उप्रान्त कन्या ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सकारात्मक सोचले काम गर्दा सफलता मिल्नेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। नियमित काम र व्यवसाय सामान्य रुपमै चल्नेछ । आर्थिक स्थितिमा केही सुधार आउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यभार बढ्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ । हडबडले काम बिग्रन सक्छ । अरुको फाइदाको लागि काम गर्नुपर्ला । बेसुरमा वचन दिने बानीले समस्या पर्छ। पशुधनबाट सामान्य लाभ मिल्नेछ । महत्त्वपूर्ण योजना गोप्य राख्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक पक्ष सामान्य रहनेछ। आकस्मिक धनलाभका योग छन्। विशिष्ट व्यक्तिहरूबाट पुरस्कृत भइएला। आयस्रोतका विभिन्न अवसरहरू बन्नेछन्।
काममा प्रतिस्पर्धा बढ्नेछ । आफन्तहरुसँग असमझदारी बढ्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा बनाइएका योजनाहरूमा सफलता मिल्नेछ। यद्यपि, अरुको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरका साथ चुनौती पनि देखा पर्नेछ। काम बिग्रने भयले सताउनेछ। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले बिस्तारै फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर गर्दा सफलता मिल्नेछ । राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ। आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। दोहोर्याएर काम गर्दा फाइदा मिल्नेछ । भविष्यमा फाइदा हुने काम गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा लाभ मिल्नेछ । उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ। होस नपुर्याउँदा काममा चुनौति देखिनेछ । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयस्रोत बढ्नेछ। मेहनतको उचित मूल्यांकन हुनेछ । उद्योगमा गरिएको लगानी खेर जाने छैन । व्यापार व्यवसायमा लगानी लगाउँदा सोचेर सम्झेर गर्नुहोला । धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । आफ्नो कमजोरीले अवसर प्राप्तिमा समस्या आउनेछ । लगनशील बन्दाबन्दै पनि पछि परिनेछ। पुरानो हिसाबकिताबसुल्झाउन समय लाग्नेछ। लाभ उठाउन संघर्ष गर्नुपर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ। व्यस्त भइनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आतिथ्य खर्चिलो बन्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नोकरी वा पेशामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। मन नभएतापनि कार्यको अतिरिक्त दबाब रहनेछ। गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।